नेपाली चलचित्र *‘ऊनको स्वीटर’*ले अहिले नेपाली सिने क्षेत्रमा ठूलो कीर्तिमान बनाएको छ। प्रदर्शनको ३७ औँ दिनमा समेत सफलतापूर्वक चलिरहेको यस चलचित्रका सबै गीतहरूले युट्युबमा एक करोडभन्दा बढी भ्यूज बटुलेका छन्। हालै ‘चाइनेजो जिन्दगानीमा’ गीतले पनि १ करोड भ्यूज पार गरेपछि चलचित्रको सबै गीत करोड क्लबमा प्रवेश गरेका हुन्। ‘फूलहरू मुस्काउँछन्’ले २ करोड १० लाख, ‘मखमली’ र ‘काफ्ले’ले १ करोड ३० लाख–१ करोड ३० लाख भ्यूज पाएका छन्।

यो संगितिक सफलता सँगै *‘ऊनको स्वीटर’*को म्युजिक एल्बमलाई सुपरहिट मानिएको छ। आर्टमाण्डु टिमले यस उपलब्धिमा दर्शक तथा श्रोताप्रति आभार व्यक्त गर्दै, “नेपाली गीत-संगीत र सिनेमाले यस्तो सफलता धेरै समयपछि पाएको हो, हामी हजुरहरूप्रति आभारी छौँ,” भनेका छन्। निर्देशक नवीन चौहानले पनि यस्ता सकारात्मक प्रतिक्रियाले आफूहरूलाई अझै मेहनती बन्ने प्रेरणा दिएको प्रतिक्रिया दिएका छन् ।

वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्रका रूपमा परिचित ‘ऊनको स्वीटर’ हाल नेपालभरका सिनेमा हलहरूमा मात्र नभइ अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, युरोप र मध्यपूर्वका मुलुकहरूमा पनि प्रदर्शन भइरहेको छ। विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, भावना खपाङ्गी मगर, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय रहेको यो चलचित्रले दर्शक र समीक्षक दुवैको मन जितेको छ।

For More videos Log on to Mazzako TV