‘मिरमिरे’मा प्रकाशले दयाहाङसँग सहकार्य गर्ने
चलचित्र ‘मिरमिरे’ मा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन्। भेट्रान अभिनेता दयाहाङ राईपछि प्रकाशलाई अनुबन्ध गरिएको यो सिनेमामा उनीहरू पहिलो पटक सहकार्य गर्दैछन्। निर्देशक यम शेर्पाले बजारमा रुचाइएका र अभिनयमा दम भएका कलाकारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने र यार्सा फिल्म्सको प्रस्तुति रहने जनाइएको छ।

‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाले लेखन तथा निर्देशन गरेको ‘मिरमिरे’ मा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता छन् भने सह-निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका रोहित कट्टेल हुन्। २०८२ मा रिलिजको तयारीमा रहेको चलचित्रको छायांकन र कलाकारको अन्य विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ।
For More videos Log on to Mazzako TV