चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक गरिएको छ। नेपाली भाषा, साहित्य, कला, इतिहास र नेपाली पहिचानको महत्वलाई उठान गर्ने उद्देश्यले तयार पारिएको यो चलचित्र आगामी असार २७ गतेदेखि प्रदर्शनमा आउँदैछ। टिजरमा नेपाली भाषाप्रति गौरव, चिनारी र सम्मान झल्किन्छ। ज्ञान बहादुर प्रधान (रोशन) निर्माताको रूपमा रहेको चलचित्रलाई अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गरेका हुन्।

रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, बिजिता परियारलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, साउथ अफ्रिका र अमेरिका निवासी नेपाली कलाकारको समेत सहभागिता छ। झापा, इलाम, सिक्किम, दार्जीलिङ, जयगाउँ र अमेरिकामा छायांकन गरिएको यो फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत तथा सौरभ लामाको छायांकन रहेको छ।

For More videos Log on to Mazzako TV