चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित
बहुप्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ को जेठ १५ गते तय गरिएको प्रदर्शन स्थगित गरिएको छ। देशभर फैलिएका आन्दोलन र विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई मध्यनजर गर्दै निर्माता हिमाल कडरियाले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल तथा विदेशका सबै स्थानमा चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी दिएका हुन्। मुलुकको संवेदनशील अवस्थालाई ध्यान दिँदै दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले अवस्था सामान्य भएपछि नयाँ मिति सार्वजनिक गरिने बताए।

सहकारीको रकम अपचलनको कथावस्तुमा आधारित यो चलचित्र लामो समयदेखि चर्चा र प्रचारमा रहँदै आएको छ। प्रदर्शन मिति स्थगित भएसँगै दर्शकहरूलाई केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ। चलचित्र युनिटले दर्शक, वितरक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति निरन्तर साथ, समर्थन र समझदारीका लागि अपेक्षा राखेको जनाएको छ।
For More videos Log on to Mazzako TV