‘महाराजधिराज’मा वर्षा राउतको इन्ट्री, स्टारकास्ट झनै बलियो
नेपाली चलचित्र ‘महाराजधिराज’ मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन्। निर्माणपक्षले स्टारकास्टको लाइनअप विस्तार गर्ने क्रममा उनलाई फिल्ममा भित्र्याएको हो। यसअघि नै वर्षा शिवाकोटी, आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र जयकिशन बस्नेतजस्ता कलाकारहरू अनुबन्ध भइसकेका छन्। लगातार चर्चित कलाकारहरू अनुबन्ध हुँदै जाँदा ‘महाराजधिराज’ मा स्टारकास्टको भीड देखिन थालेको छ।

चलचित्रलाई निर्देशक परिच्छेद सेनले निर्देशन गर्दैछन् भने लेखन पनि उनकै रहेको छ। उनले निर्देशन गरेको अघिल्लो फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा सफल ठहरिएको थियो। ‘महाराजधिराज’ छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुनेछ भने प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए। सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन्। *‘महाराजधिराज’*लाई फूलपातीको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ।
For More videos Log on to Mazzako TV