पल, रमेश र आर्यनपछि ‘महाराजधिराज’मा वर्षाको इन्ट्री
आगामी चलचित्र ‘महाराजधिराज’ मा कलाकार अनुबन्ध गर्ने क्रम जारी छ। बिहीबार नायिका वर्षा शिवाकोटीलाई अनुबन्ध गर्दै निर्माणपक्षले आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि थप सशक्त लाइनअप तयार पारेको छ। जय किशन बस्नेतको पनि महत्वपूर्ण भूमिका पक्का भइसकेको छ।
‘महाराजधिराज’ लाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। सेनको लेखनमा निर्माण भइरहेको यो चलचित्र फूलपातीमा प्रदर्शन हुने तयारीमा छ। यसअघि नै रिलिज गरिएको पोस्टरले पनि दर्शकको ध्यान खिचेको थियो। सेनको अघिल्लो निर्देशन ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा प्रशंसित बनेको थियो।

चलचित्रका प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले ‘बुलाकी’ जस्तो राष्ट्रिय अवार्ड विजेता फिल्म निर्माण गरेका थिए। निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन्। बलियो कलाकार समूह र अनुभवी निर्माण टिमको साथमा ‘महाराजधिराज’ ले दर्शकमाझ ठूलो अपेक्षा जगाएको छ।
For More videos Log on to Mazzako TV