नेपाली चेली पूजा ठाकुरको भोजपुरी गीत रिलिज
नेपाली चेली पूजा ठाकुरले भोजपुरी गीत ‘गोदनवा ए सजनवा हो’ मा अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी छिन्। सुगम सिंह र प्रियंका सिंहको स्वरमा सजिएको यस गीतमा पूजा ठाकुर र विकाश यादव फिचर छन्। गीतमा पूजा ठाकुरको नृत्य तथा अभिनयले विशेष चर्चा पाएको छ।

सन्तोष पुरीको शब्द र संगीतमा तयार भएको यो गीतको कोरियोग्राफी एम.के. गुप्ता ‘जॉय’ले गरेका हुन् भने छायांकन सिद्धार्थ सिंहले गरेका छन्। सार्वजनिक गरिएको यस गीतमा पूजा ठाकुरको आत्मविश्वास, अभिनय शैली र सांगीतिक भावप्रति बुझाइ दर्शकलाई आकर्षित गर्न सफल देखिन्छ। नेपाली कलाकारले क्षेत्रीय संगीतमा देखाएको उपस्थितिलाई यस गीतले थप पुष्टि गरेको छ।
भोजपुरी संगीतमा आफूलाई प्रमाणित गरिरहेकी पूजा ठाकुरका लागि यो गीत अर्को महत्वपूर्ण उपलब्धि बन्ने विश्वास गरिएको छ। प्रतिभावान नेपाली चेली पूजा ठाकुरलाई शुभकामना |