हाँस्यकलाकार बले बुवा बने
लोकप्रिय हाँस्यकलाकार सागर लाम्साल ‘बले’ बाबु बनेका छन् । उनकी श्रीमती स्नेहा डंगोलले स्वस्थ छोरालाई जन्म दिएकी हुन् । नवजात शिशुको नाम ‘श्रेयांश’ राखिएको छ । आमा र छोरा दुवैको स्वास्थ्य राम्रो रहेको परिवारजनले जानकारी दिएका छन् ।
बलेले नेपाली हास्य क्षेत्रमा आफूलाई स्थापित गर्न लामो संघर्ष गरेका थिए। ‘भद्रगोल’ सिरियलबाट दर्शकमाझ चर्चित बनेका बलेले कठिनाइका बाबजुद निरन्तर मिहिनेत गर्दै आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनकी जीवनसाथी स्नेहा डंगोल पेशाले नर्स हुन्। बलेको संघर्षमा सधैं साथ दिँदै आएकी स्नेहाले आज परिवारमा नयाँ उमंग भरेकी छन् |

छोरा श्रेयांशको आगमनले बलेको परिवारमा नयाँ ऊर्जा र खुसी थपिएको छ । बलेले सामाजिक सञ्जालमार्फत खुसी साट्दै खुलेर स्वागत गरेका छन् ‘हाई श्रेयान्स’ फ्यान र शुभचिन्तकहरूले बले र स्नेहालाई सामाजिक सञ्जालमा बधाइको ओइरो लगाइरहेका छन्।
For More videos Log on to Mazzako TV