फिल्म ‘खुष्मा’ले राम्रो सफलता पाएपछि नायक धिरज मगरको व्यस्तता बढेको छ। बक्स अफिसमा ४ करोडभन्दा बढी कमाइ गरेको ‘खुष्मा’मा समावेश ‘रुकुम मैकोट’ गीत पनि ब्लकबस्टर भएको थियो। धिरजले फिल्मको प्रचारमा कुनै कमी नगरेका कारण मेकरहरू उनलाई आफ्नो फिल्ममा लिन आतुर छन्। धिरजले हालसालै मिरुना मगरसँग अभिनय गरेको फिल्म ‘कुस्ती’को छायांकन सकेका छन्। यस्तै, उनले नायिका उपासना सिंह ठकुरीसँग सहकार्य गर्दै फिल्म ‘जलाकी’ पनि साइन गरेका छन्।

यसैगरी, धिरज ‘माइतीघर’ फिल्ममा पनि अभिनय गर्दैछन्, जसको छायांकन वैशाख १८ गतेदेखि सुरु हुने तयारीमा छ। यो फिल्ममा धिरजसँगै केदार घिमिरे, प्रकाश सपुत र उपासना सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहनेछ। यति मात्र होइन, धिरजले निर्देशक जीवन थापाको नयाँ फिल्म ‘ऐरी’मा पनि काम गर्न लागेको चर्चा छ। यस फिल्ममा उनी नायक प्रदीप खड्कासँग पर्दा शेयर गर्ने खबर बाहिरिएको छ, यद्यपि निर्माण पक्षले यसबारे औपचारिक घोषणा गरेको छैन।

हाल धिरजको पाइपलाइनमा ४ वटा फिल्म छन् भने उनलाई अन्य केही फिल्मबाट पनि अफर आएको बुझिएको छ।

For More videos Log on to Mazzako TV