निर्देशक दिवाकर भट्टराई आफ्नो नयाँ एक्सन ड्रामा फिल्म ‘नरसिंहा अवतार’का लागि रफ एण्ड टफ लुक्स भएका कलाकार खोजिरहेका थिए। लिड कलाकारका रूपमा राज कटुवाल चयन गरेपछि अर्को पात्रका लागि रमेश चन्द सोडारी भेटिए। कोरियोग्राफर माइकल चन्दमार्फत रमेशका फोटो निर्देशकसम्म पुगे र उनीसँग मिटिङ गरेर स्क्रिप्ट सुनाइयो। लामो समयदेखि मिक्स मार्सल आर्ट, तेक्वान्दो र कराँतेमा दक्ष रमेशले आफ्नो फिट शरीर र कला प्रदर्शन गरेर फिल्ममा स्थान पक्का गरे। उनी प्रत्येक बिहान ४ बजे उठेर जिम र मिक्स मार्सल आर्ट अभ्यास गर्न थाल्छन्, जुन अब उनको जीवनशैली नै बनिसकेको छ।

‘नरसिंहा अवतार’मा रमेश सकारात्मक भूमिकामा देखिनेछन्। आफूले गरेको मेहनतले राम्रो नतिजा दिनेमा उनी आशावादी छन्। उनले यो फिल्मलाई एक्सन र लभ स्टोरी मिश्रित मनोरञ्जनको प्याकेज भनेका छन्। ठूलो पर्दामा यो उनको चौथो फिल्म हो। डेब्यु फिल्म ‘मेहेन्दो’ रिलिज नभएर उनी अलिक निराश भएका थिए। त्यसपछि ‘मन त परदेशी’, ‘साङ्लो’ र ‘वानर सेना’ जस्ता फिल्मबाट उनले सिकाइको अनुभव बटुले।

अब भने ‘नरसिंहा अवतार’लाई उनले आफ्नो “बोर्ड परीक्षा” मानेका छन्। उनले यो फिल्मबाट ‘डिस्टिङ्सन’ ल्याउने विश्वास व्यक्त गरेका छन्ण्डै दशक लामो संघर्षपछि रमेशले ठूलो ब्यानरको फिल्ममा अवसर पाएका छन् र उनको भविष्यको नतिजा जेठ ९ गते सार्वजनिक हुनेछ।

For More videos Log on to Mazzako TV