फिल्म ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो फिल्मले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए र शुक्रवार बिहानसम्म हलहरूमा पूर्ण सोल्ड आउट नभए पनि दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ । ‘नन होलिडे’ रिलिजमा हलहरूमा प्राप्त शो र बुकिङको आँकडालाई हेर्दा फिल्मको व्यापारले राम्रो गति लिने वितरकहरूले बताएका छन् ।

‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करणहरू बक्स अफिसमा सफल भएकाले यो फिल्म प्रतीक्षित थियो । युवा पुस्तालाई लक्षित यो फिल्मले नेपाली फिल्मका मुख्य दर्शक वर्गलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि फिल्ममा रहेका छन् ।

यसको गीत र ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा बढेको थियो । ट्रेलर रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङमा परेको थियो र २१ घण्टामा १० लाख भ्युज पाएको थियो । हालसम्म पनि यो ट्रेलर नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा छ भने भारत, बेलायत, जापान, कोरिया, मध्यपूर्वसहित २० भन्दा बढी देशमा ट्रेन्डिङमा आएको थियो । फिल्मले भारतीय फिल्म उद्योगको ट्रेन्डिङमा प्रवेश गरी इतिहास कायम गरेको छ ।

माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् । फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस फिल्मको सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसी एक्सन निर्देशक हुन्। अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन् । यम ओलीले प्रोडक्शन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन् । फिल्मको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।

For More videos Log on to Mazzako TV