शान्त कुमार राई अभिनित ‘वर्णन’ म्यूजिक भिडियो सार्वजनिक
रंगकर्मी शान्त कुमार राई अभिनित ‘वर्णन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। हाल बेलायत निवासी राईलाई भिडियोमा मोडल बिमला खाजुम लिम्बुले सुाथ दिएकी छन्। सुजन आङ्देम्बे लिम्बुको शब्द, संगित तथा स्वर रहेको गीत आईतबार युटुब च्यानल एसकेआर पिक्चरबाट सार्वजनिक भएको हो। गीतमा मायालु जोडीका प्रेम, रोमान्सका कथालाई प्रस्तुत गरिएको छ। भिडियोे मकवानपुरको कुलेखानी, चित्लाङ लगायत विभिन्न स्थानमा छायाङ्कन गरिएको छ।

इशाक जबेगुको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ। ओखलढुंगा वाक्साका राई हाल बेलायतमा बस्दै आएका छन। बेलायतमा रहेर पनि आफ्नो कलाकारितालाई निरन्तरता दिईरहेका छन्। यस अघि पनि राईले केही गीतहरुको म्यूजिक भिडियो तथा छोटा सिनेमाहरुमा निर्देशन समेत गरेका छन्। राईले यस अघि म पर्खि रहेछु गीतमा समेत अभिनय गरिसकेका छन। कलाकारिता आफ्नो सपना








