लक्ष्मण र सीताको ‘न सताउ मलाई’ सार्वजनिक
लक्ष्मण लिम्बु र सीता सिङ्क लिम्बुको आवाजमा रहेको रोमान्टिक नेपाली गीत ‘न सताउ मलाई’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यो गीतले प्रेमभावका गहिरा र मधुर पलहरूलाई उजागर गर्दछ। गीतको शब्द लेखु सहयात्री र संगीत कमल रसाइलीले गरेका छन्। गीतलाई विशेष बनाउने क्रममा एरेञ्जमेन्ट देवेश राईले गरेका छन्।

भिडियोमा कलाकार मिलन शंकर र अनिमा विश्वकर्माको सशक्त अभिनय देख्न सकिन्छ। सिक्लेश गाउँको मनोरम दृश्यहरूले सजिएको यो भिडियो विशाल थापाले छायांकन गरेका हुन्। मेकअपमा सृष्टि थापा रहेको
भिडियोका सहायक निर्देशक सुनिल बुढाथोकी र प्रोडक्सन कन्ट्रोलर विक्रम तामाङ हुन्। यस भिडियोका निर्देशक दिलिप समन हुन्, भने गीतलाई समीप इन्टरटेन्मेन्ट युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।