प्रदिप खड्का जापानका पाँच शहरमा प्रतिक्षित फिल्म ‘एक्टर टेक वान’को जापान रिलिजका लागि नायक प्रदीप खड्का जापान पुग्ने निश्चित भएको छ। फिल्मको जापान वितरक सचिन आचार्यले प्रदीप जापान पुग्ने पुस्टि गरे। “प्रदिप संग सबै कुरा फाइनल भयो आगामी फेब्रुअरी ५ तारिख बुधबार टोक्योको नाकानो जेरो हलमा फिल्मको जापान पहिलो शो हुनेछ |” सचिनले टोकियो रिलिजबारे जानकारी दिदै भने। प्रदिप टोकियो रिलिजपछि पश्चिम फ़ुकुओका जाने छन् त्यहाँ ८ तारिख प्रदिपसहित फिल्मको शो राखिएको छ, त्यस्पचात ९ फेब्रुअरीको दिन नागोया शो रहने छ ।

नागोयाको शो अलि बिषेश हुने नागोया शो का प्रमुख श्याम सितलले बताए। “उहा युवा पुस्ता माझ लोकप्रिय मात्र होइन हरेक पुस्ताको प्रिय नायक हो, त्यसैले नागोया शो मा अलि फरक तरिकाले एक कार्यक्रम को आयोजना गर्ने पक्षमा हामि छौ” श्यामले भेने। ओसाकामा भने सोमबार १० फेब्रुअरीको दिन फिल्मको शो राखिएको छ। यसबाहेक चिवाको एक शोमा प्रदिप प्रत्यक्ष उपस्थित हुने बताइएको छ । फिल्म नेपालमा भने यहि माघको १६ गते रिलिज हुने छ ।

फिल्मको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ ।फिल्ममा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । ‘एक्टर: टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

For More videos Log on to Mazzako TV