ऊनको स्वीटरको मखमली गीत सार्वजनिक
फिल्म ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। कौडा/चुट्का भाकामा आधारित यस गीतले विपिन कार्की र मिरुना मगरबीचको अव्यक्त प्रेमलाई प्रस्तुत गरेको छ। गण्डक क्षेत्रको चर्चित भाका यस चलचित्रमा पाँचथरको संस्कृतिसँग मिसाइएको छ। गीतमा सुजन चापागाईँ र सुनिता थेगीमको स्वर, हर्क साउदको शब्द र सुजनकै सङ्गीत रहेको छ। कोरियोग्राफी दीप गुरुङले गरेका छन् भने गीतको भिडियोमा विल्सन बिक्रम राई रोचक भूमिकामा छन्।
‘ऊनको स्वीटर’को छायाङ्कन पाँचथर र नेपाल-भारत सिमाना फालेलुङमा गरिएको हो। फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन बिक्रम राईलगायत कलाकारको अभिनय छ। नवीन चौहानद्वारा निर्देशित यो फिल्म आर्टमाण्डूले निर्माण गरेको पहिलो फिचर फिल्म हो।
२०८२ वैशाख २६ मा रिलिज हुने यो फिल्ममा संगीत सुजन चापागाईँ र कोविद बज्रले तयार गरेका छन्। गीतका रचनाकार हर्क साउद र युवराज काफ्ले हुन् भने संगीतकारमा सुजन चापागाईँ र झुमा लिम्बु छन्। कोरियोग्राफी रोशन बि.क. र दीप गुरुङले गरेका हुन्। फिल्मको सिनेमाटोग्राफी चिन्तन राजभण्डारी र सम्पादन कृष्ण भण्डारीले गरेका छन्। कला निर्देशन विशाल न्यौपानेको टिमले सम्हालेको छ। सह-निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राईलगायत छन्। कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री रहेका छन्।
पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम)ले तयार पारेका छन्। मेकअप आयाज शेखले गरेका छन् भने कस्ट्युम डिजाइन सुजन परियारले गरेका छन्। सोसल मिडिया व्यवस्थापन प्रकाश क्षेत्री, विवेक खकुरेल, र ज्ञानु सङ्गम खड्काले गरेका हुन्। फिल्मले पूर्वी नेपालको सांस्कृतिक विविधता र प्रेमकथालाई सजीव तरिकाले प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
For More videos Log on to Mazzako TV