लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्यप्रायोजनमाजुलाई ७अर्थात् असार २३ माहुनेएक दिने महोत्सवमा नेपालीगीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपालीखानाका परिकारहरू रहने सांस्कृतिकविभागप्रमुखजीआर भण्डारीले जानकारी दिए ।

‘यो क्यानडामा सबैभन्दा बढी नेपालीबसोबास गर्ने सहर हो । त्यसैले यहाँ नेपालीकला र संस्कृतिसँग जोडिएको गतिविधी गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजनागर्दैछौँ । यसले क्यानाडामा रहनुहुने नेपालीलाई नेपालको यादथोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ । महोत्सवमाआइपुग्नेले नेपालमै पुगेको महसुश गर्नु हुनेछ’, भण्डारीले भने ।

भण्डारीले यसअगाडि पनि क्यानाडामा नेपाली मेला, महोत्सव, सांस्कृतिक र साङ्गीतिककार्यक्रमको आयोजनागर्दै आइरहेका छन् । गायकप्रकाश सपूत, गायकतथा सङगीतकार कालीप्रसाद बाँस्कोटाको म्युजिकल कन्सर्ट पछिल्लो समय उनले गरेका कार्यक्रमहुन् ।

निःशुल्क इन्ट्री रहेको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतकाविभिन्न समुदायको झाँकी र नृत्य प्रस्तुतहुनुकासाथै गायकहिमाल सागरसँगै स्थानीयकलाकारहरू देविका केसी, मानसिंह खड्का,हिमालयनभाइव्स ब्याण्डसहित अन्यथुप्रै स्थानीयकलाकारलेआफ्नो प्रस्तुतीदिनेछन् ।

गायकहिमाल सागर महोत्सवमा सहभागीहुन् त्यसतर्फ प्रस्थानगरिसकेका छन् । ‘नेपालीहरूको माँझमाआफ्नो प्रस्तुतीदिनपाउँदा सधै माउत्साहित हुन्छु । क्यानाडामा रहनुभएका नेपालीसँग भेटघाट गर्दै गीतसङ्गीतमार्फत नेपालकै महसुश गराउने प्रयास गर्नेछु । प्रवासका नेपालीलाई लक्षितगर्दै गरिने यस्ता नेपालीमहोत्सवमाआफ्नो प्रस्तुतीदिन म सधै तत्पर रहने गर्छु’, गायकहिमालले भने ।

लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबकाक्रिजलअधिकारीले यस महोत्सवलाई नर्थ अमेरिकाकै ठूलो मध्ये एक हुने बताए । उनले भने,‘यस महोत्सवमा क्यानडामा रहनु भएका सम्पूर्ण नेपाली सङ्घसंस्थाले हातेमालो गर्नुभएको छ । यो महोत्सवको उदेश्यनै नेपालीकला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपालीबीच सामीप्यता बढाउनु हो ।’

For More videos Log on to Mazzako TV