सुजनबाबुको ‘तिम्रो तस्बिर’ सार्वजनिक
सुजनबाबु गुरुङको स्वरमा रहेको गीत ‘तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । सुजनकै सङ्गीत, प्रवेश दुलाल र सुजनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको कथा र निर्देशन रहेको गीतको भिडियोमा सुजनसँगै बलराम परियार र हिमा सापकोटाको अभिनय छ ।

प्रकाश खड्काले खिचेको भिडोयोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियोमा एक आम दर्शक बनेका सुजनको क्रश स्वस्तिमा खड्का हुन्छिन । तर, स्वस्तिमाको विवाहले सुजनको मन टुक्रिएको कथा देखाईएको छ । गीतको भिडियो सुजनकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।