आफ्ना हरेक गीतका भिडियोहरुमा फरक फरक तरिकाले प्रस्तुत हुने गरेका गायक दुर्गेश थापाको नयाँ म्युजिक भिडियोको लुक्स सार्वजनिक भएको छ। आफ्नो नयाँ गित जन्तीको भिडियोमा दुर्गेश बिल्कुलै फरक देखिँदै छन्। सार्वजनिक तस्विर हेर्दा कता कता दुर्गेश भारतीय चलचित्र पुस्पाको अल्लु अर्जुन जस्तो पनि देखिएका छन्।

कर्लि कपाल ,आँखाको नानि एउटा खैरो अनि अर्को निलो ,हल्का फुलेको दारी,कानमा गहना,खुट्टामा ठुलो कल्ली अनि हातभरि औठी र बाला। अनि साथमा धोति कुर्था। तर गित र भिडियोको विषयवस्तु पनि फरक रहेकाले यो गेटअप गरेको दुर्गेशले बताए। आफ्नै शब्द /संगीत/स्वर /एरेन्ज रहेको गीतको भिडियो पनि दुर्गेश स्वयमले तयार परेका हुन्।

भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने दुर्गेशलाई रोशिना लामिछाने र सन्ध्या क्षेत्रिलेले फिमेल मोडलका रुपमा साथ दिएका छन्। भिडियो चाँडैनै सार्वजनिक गरिने दुर्गेशले जानकारी गराए। दुर्गेशका यस अघि रिलिज भएका गित जत्तिकै यो गितले चर्चा पाउला वा के होला त्यो भने हेर्न बाँकि छ।

For More videos Log on to Mazzako TV