फिल्म  `म्याउँ´  को घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणाबारे जानकारी गराएका हुन् । फिल्ममा अभिनेता अनुप विक्रम शाही मुख्य भुमिकामा छ्न् । जय राज रायको लेखन् र निर्देशन रहने फिल्ममा `दर्पण छायां´ फेम्ड अभिनेता उत्तम प्रधान पनि रहेका छ्न् । नायिकाको टुंगो भने फिल्ममा लागिसकेको छैन ।

जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने फिल्मको दोस्रो श्रृंखला पनि निर्माण हुनेछ । निर्देशक रायकै निर्माण रहने फिल्मलाई २०२४ मा रिलिजको तयारी गरिएको छ ।जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको फिल्मकी कार्यकारी निर्माता निशा खतिवडा हुन् ।

लक्ष्मण सुनारको एशोसियट निर्देशन तथा सम्पादन रहने फिल्म चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनियाँ वितरक कम्पनी साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया को. लि. फिल्ममा जोडिएको छ । यस् फिल्मलाई आकाश कुमारले खिच्ने छ्न् । 

For More videos Log on to Mazzako TV