दयाहाङको ‘डिग्री माइला´ लुक सार्वजनिक
निर्देशक रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला´ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा निर्माण टिमले फिल्मको मुख्य अभिनेता दयाहाङ राईलाई प्रस्तुत गरिएको छ ।

फिल्मको नयाँ वर्ष २०८१ लाई फिल्मलाई प्रदर्शन मिति घोषणा गरिएको छ । बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा फिल्मको छायांकन हुनेछ ।
यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ बाहेक आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्म ‘डिग्री माइला’को केही दृश्यको छायांकन हुन अझै बाँकी नै छ । तर, फिल्म रिलिजका लागि साढे ३ महिना बाँकी रहँदा निर्माणपक्षले भने प्रचार आरम्भ गरेको छनक दिएको छ ।
For More videos Log on to Mazzako TV