वर्षालाई ‘परदेशी २’ ले दियो खुशी
अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । डेव्यु फिल्म नाई नभन्नु ल २ र पशुपति प्रसाद बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको । आफुले अभिनय गरेका फिल्म असफल भएपनि वर्षालाई फिल्मको अभाव भने भएन ।

उनले हरेक बर्ष १–२ वटा फिल्ममा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक सिनेमामा हुने गरेको छ । जसले गर्दा उनलाई काम अभाव कहिले भएन् । वर्षाले अभिनय गरेको फिल्म ‘परदेशी २’ यो बर्ष सुपरहिट भएको छ । नारायण रायमाझि निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि खुबै तारिफ भैरहेको छ । उनले फिल्ममा निवार्ह गरेको लुजाको भुमिका दर्शकले निकै रुचाएका छन् ।
दशैंको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि वर्षालाई ठूलो राहत मिलेको छ । अबका दिनमा आफुले टिम र ब्यानर हेरेर काम गर्ने तयारी गरेकाले हरेक वर्ष उनलाई कुनै न कुनै सिनेमाले बक्स अफिस सफलतासँगै खुशी दिइरहेन विश्वास छ । आउँदो बर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यो सिनेमामा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ ।
यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ । कलाकारको हरेक बर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा उसको करिअरलाई ठूलो फाइदा मिल्छ । लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ ।
समीक्षकले समेत फिल्ममा अभिनयको कुरा गर्दा वर्षा र डेव्यु अभिनेता प्रकास सपुतको बढी तारिफ गरेका छन् । फिल्मकी अर्की अभिनेत्री केकीले पनि सिनेमामा संझनलायक काम गरेकी छिन् । तर, सिनेमाको प्रचारमा केही छायांमा परेकी वर्षा फिल्म रिलिज पश्चात दर्शक तथा मिडियाको केन्द्रमा परेकी छन् ।