‘कान्तिपुर नेसनल म्युजिक अवार्ड’ मा अस्मिता अधिकारीलाई सर्वाधिक दुई अवार्ड
पाँचौँ ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ मा गायीका अस्मिता अधिकारीले उत्कृष्ट चलचित्र पाश्र्व गायन र उत्कृष्ट युगल गीत गरी सर्वाधिक दुई विधामा अवार्ड प्राप्त गरेकी छिन् । राजधानीमा बिहीबार सम्पन्न कार्यक्रममा उनले ‘लज्जावती झार’ र ‘बाबरी रङ’ गीतबाट अवार्ड जित्न सफल भएकी हुन् । पछिल्लो समय नेपाली चलचित्र पाश्र्व गायन अस्मिता पहिलो राजाईकी गायिकामा पर्छिन् ।
यता करिब ६ दशकदेखि गीत लेखनमा सक्रिय यादव खरेललाई दीर्घ साधना (लाइफटाइम अचिभमेन्ट) प्रदान गरिएको छ । खरेलाई पुरस्कार रकम एक लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिएको हो । त्यसका साथै विभिन्न १५ विधाका बिजेताहरूलाई अवार्ड वितरण गरियो । कार्यक्रममा उत्कृष्ट नव गायकको अवार्ड सुरज पण्डितले, उत्कृष्ट रचानाकार तर्फ ‘हर्क शाउद’ ले, उत्कृष्ट संगीत निर्देशकतर्फ हरि लम्साल ले जिते ।
‘पीर’ बाट सम्झना भण्डारीले उत्कृष्ट लोकदोहरी गायिका र गायकतर्फ प्रकाश सपूतले, उत्कृष्ट पाश्र्व गायक रवि ओड घोषित भए । त्यस्तै उत्कृष्ट राष्ट्रिय संगीत विधातर्फ शान्तिराम भट्टराईले, उत्कृष्ट पप गायिकामा सुवानी मोक्तानले, स्वप्न सुमनले पप गायकतर्फ अवार्ड उचाले । उत्कृष्ट सांगीतिक समूहको अवार्ड भने अनुप्रस्थले प्राप्त गरेको छ ।
उत्कृष्ट आधुनिक गायकको विधामा राज सिग्देलले, उत्कृष्ट आधुनिक गायिकामा रचना रिमालले, उत्कृष्ट युगल गीतको विधामा महेश काफ्ले र अस्मिता अधिकारीले अवार्ड पाए । ‘लजावति झार’ बाट उनीहरूले यो अवार्ड पाएका हुन् । त्यस्तै पिपुल च्वाइस अवार्ड सुशान्त केसीको पोल्टामा प¥यो ।
रेडियो कान्तिपुरले २४ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा २०७८ देखि २०७९ साउनसम्म प्रसारणमा आएका गीतबाट बिजेताहरू घोषणा गरिएको हो । कार्यक्रममा इन्डियन आइडल सिजन १० (२०१८) का बिजेता सलमान अली र नेपाली गायक÷गायिकाहरू प्रकाश सपूत, शिव परियार, सुवानी मोक्तान, राज सिग्देल र सुजाता वर्मा, गजलकार प्रदीप रोदन, शंकर बिसी, सन्दिप क्षेत्री, स्वप्न सुमन र समीर श्रेष्ठलगायतले विभिन्न गीतसंगीत प्रस्तुत गरेका थिए ।