नायक प्रभु श्रेष्ठको ‘कालो सुन’ लाई महानायकको साथ
नायक प्रभु श्रेष्ठले नयाँ फिल्मको निर्माण कार्यलाई तिब्रताकासाथ अघि बढाएका छन् । प्रभुलक्ष्मी इन्टरटेण्टमेन्ट एण्ड क्रियटिभ कम्पनी प्रा.लि. मार्फत उनले फिल्म ‘कालो सुन’ निर्माण गर्नेछन् । प्रभु श्रेष्ठको ‘कालो सुन’ ड्रीम प्रोजेक्टको रुपमा रहेकोछ । उनले शनिबार राजधानीमा महानायक राजेश हमालसंग भेट समेत गरेका छन् ।
राजेश हमालले निर्माण हुने प्रभु श्रेष्ठको फिल्म ‘कालो सुन’ लाई शुभकामना दिए । हमालले प्रभुलक्ष्मी इन्टरटेण्टमेन्ट एण्ड क्रियटिभ कम्पनी प्रा.लि.को दर्ता प्रमाणपत्र नायक प्रभु श्रेष्ठलाई हस्तान्तरण गरे । साथै हमालले फिल्म निर्माणका लागि सुझाव सल्लाह समेत दिए । प्रभु श्रेष्ठ राजेश हमालका पुराना साथी हुन् ।
पाँच साथीहरु चाइनाको सिमानामा ट्रेकिङ गर्दैगर्दा आउँने विभिन्न उतारचडाब लाई फिल्ममा देखाइनेछ । फिल्म एक्सन थ्रिलर जनरामा निर्माण हुनेछ । फिल्मको कथा समेत नायक प्रभु श्रेष्ठले नै लेखेका हुन् । फिल्म कलाकार भने चाडै फाइनल गरिनेछ । फिल्मको बिस्तृत जानकारी आउँन बाँकी छ ।
उनले फिल्म ‘यस्तै हुन्छ पिरती’, ‘म बिर्सु कसरी’ र ‘संगम’ मा काम गरिसकेका छन् । आफ्नै कथा रहेको फिल्म ‘पार्सल’ मा उनले मुख्य भूमिकामा समेत अभिनय गरे । शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा निगेटिभ रोलमा प्रस्तुत भएका थिए । फिल्म संगै आफ्नै स्वर, संगीत र शब्दमा ‘छुट्टी छोटो छ’, ‘बिदेसी माया’ र ‘जीवन साथी’ म्युजिक भिडियो उनका बजारमा आइसकेका छन् ।
प्रभु श्रेष्ठ सिङ्गापुरका लाहुर समेत हुन् । अग्लो कद, गोरो ह्यान्डसम अनी क्युसिन कराते खेलाडी प्रभु श्रेष्ठ धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस बिए पढ्दै गर्दा २०५२ साल तिर फाइट डाइरेक्टर एन वी महर्जन ले एक फिल्ममा फाइटरको भूमिका गर्न झापाको बुधबारेमा छायांकन भैरहेको ‘आफ्नो बिरानो’ फिल्म को सेटमा पुर्याए । त्यहा पुग्दा फाइट डाइरेक्टरको नजरमा परेका श्रेष्ठले सोचे भन्दा धेरै राम्रो काम देखाए । अझ फाइट डाइरेक्टर महर्जनले डिरेस्कसन गरे भन्दा राम्रो अनी आफ्नै केही आईडिया लगाएर फाइट गरेपछी महर्जन निकै प्रभावित भए । फाइट डाइरेक्टरले फिल्ममा भविष्य छ, भनेपछी क्यामेरा अगाडि आउने रहर जाग्यो श्रेष्ठले सुनाए ।
For More videos Log on to Mazzako TV