नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक
नयाँ वर्ष बैशाख १ गते प्रदर्शन हुने फिल्म ‘नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक गरीएको छ । विकासराज आचार्य निर्देशित फिल्म ’नाइँ नभन्नु ल ६’ को बिहीवार ट्रेलर सार्वजनिक गरीएको हो ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको विकासराज आचार्य र विष्णुमणि दाहाल निर्माता हुन्, भने कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान रहेका छन् । निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीको पटकथा लेखन सहकार्य रहेको फिल्ममा सरोज खनाल, आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारी र अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।
सन्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्ममा विकासराज आचार्य र बिष्णुमणी दाहाल निर्माताको रुपमा छन् । फिल्ममा हिमाल केसीको एक्सन निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी, भुपेन्द्र अधिकारी, बसन्त सापकोटा र शरद शंकरको संगीत छ ।