अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘बुलाकी’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । शुक्रबार ‘दुनियाँलाई सम्झाई देउन’ बोलको लिरिकल गीत रिलिज गरिएको हो । गीतमा नरेन, सुरक्षा र डेव्यु अभिनेता बिराज बिष्ट बीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।

सविन सेञ्चुरी र बादल थापाको शब्द रचना रहेको गीतलाई संगीत र गायनमा बादल थापा स्वयम छन् । टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्मलाई शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको बैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्मको बितरण त्रिनेत्रम् र एफडी गर्दैछन् ।

For More videos Log on to Mazzako TV