नयाँ वर्ष २०८० सालको अबसरमा बैशाख १ गते रिलिज हुने फिल्म ‘बिहे पास’ को ट्रेलर सार्वजनीक गरिएको छ । शुक्रबार घर झगडा देखि सम्बन्धलाई मज्जाले प्रस्ततु गरेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भुमिका छ । ट्रेलरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङले सरकारी जागिरका लागि गरेको संघर्ष देखाइएको छ ।

प्रबेश पौडेल निर्देशीत फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेल लगायतको अभिनय छ ।

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको चलचित्रको पटकथा भने आकाश र सजनले लेखेका हुन् । रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन फिल्मका सहनिर्माता हुन् । ‘बिहे पास’ फिल्म बितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोश्रो चलचित्र हो ।

For More videos Log on to Mazzako TV