वर्षा र रमेशको ‘ए साथी सुन’ को शिर्ष गीत रिलिज
अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ स्टारर फिल्म ‘ए साथी सुन’ को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा बर्षा र डेव्यु अभिनेता रमेश बानियाँ प्रस्तुत छन् । गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
सुरज अधिकारीको संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा खिचिएको फिल्मको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा फिल्ममा अभिनय गरेका छन् । जयनन्द लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ आगामी चैत १० गते रिलिज हुनेछ ।
राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोष कुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको सह–निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।