आगामी पौष २२ गतेबाट प्रदर्शनको हुने फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ’ को मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पौष १५ गते रिलिज हुने भनिएको फिल्म एक हप्ता पोस्टपोन्ड भएको हो ।

एकै मितिमा जुधाउनु भन्दा एक हप्तापछि शोलो रिलिज गर्नु उपयुक्त लागेर एक हप्ता पछि सारिएको फिल्मका निर्माता अरुण चक्रावतर्तीले बताए । हामी बलिउड र हलिउड चलचित्रसँग भागेर नेपाली फिल्म एक आपसमा जुधाउने परम्परालाई तोड्ने हेतुले ‘चि मुसी चि’ पौष २२ गते रिलिज गर्न लागेको निर्माता चक्रावर्ती भनाई छ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाकोसार्वजनिक मोसन पोस्टरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई समावेश गरिएको छ । मोसन पोस्टरको पाश्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ ।

फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ । फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि फिल्म केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने छन् । फिल्ममा रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्तीको लगानी छ । फिल्मको भिएफेक्स गोद्रेज पिक्चर्सले गरेको हो ।

For More videos Log on to Mazzako TV