कात्तिक ४ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ ले निरन्तर दर्शक तानिरहेको छ । प्रदर्शनको पहिलो हप्ता देशभरका हल हाउसफुल हुने संकेत देखिएको छ । आज चौथो दिन पनि अधिकांश हलको अक्कुपेन्सी राम्रो रहेको बुझिएको छ ।
प्रदर्शन भएको पहिलो दिनदेखिनै दर्शकको मज्जाको प्रतिक्रिया पाएको फिल्मको बलियो माउथ पव्लिसिटी छ । विपीन कार्की, दयाहाङ राई, सुरक्षा पन्त बर्षा राउत जस्ता कलाकार भएका कारण पनि फिल्मले दर्शक मन जितेको हो । त्यस्तै, यो चलचित्रलाई तिहारको बिदाले पनि राम्रो साथ दिएको छ ।

निर्देशक दीपेन्द्र के खनालले देशभरका हलमा उल्लेख्य दर्शकको भिडले आफुहरु निकै खुसी भएको प्रतिक्रिया दिए । चलचित्रका अभिनेता विपिन कार्कीले वर्ड अफ माउथका कारण चलचित्र सफल भएको बताए । उनले भने, ‘हलमा दर्शक रमाइलो गर्न जान्छन् । यो चलचित्रले दर्शकलाई भरपुर रमाइलो प्रदान गर्न सक्ने सामथ्र्य राखेको छ । सोहि कारण दर्शकको साथ मिलेको छ ।’

आज क्यूएफएक्स, एफक्यूब, बिग, आइएनआईलगायत मल्टिप्लेक्समा सिनेमाको अकुपेन्सी बलियो देखिएको छ । त्यस्तै देशभरका सिंगल स्क्रिनमा पनि दर्शकको उल्लेख्य उपस्थिती देखिएको छ । विकडेजको पहिलो दिन सोमबारदेखि तिहार बिदा एकसातासम्म भएकोले सिनेमालाई प्रत्यक्ष फाइदा पुगेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमा के घर के डेरामा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

के घर के डेराको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

For More videos Log on to Mazzako TV