यहि असोज १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बाबरी’ टिमले मोफलस टुरमा निस्कने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठुला सहरमा आयोजना गरिने बताए ।

फिल्मको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि आफ्नो टिमले फिल्मको प्रचार प्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक पौडेलको भनाई छ । बाबरी टिम असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा दर्शक साक्षात्कार गरेर काठमाडौं फकिर्ने छ ।

यस्तै ९ गतेबाट १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगितिक भव्य कन्सर्टको आयोजना गर्दै फिल्मको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्म क्रिकोणात्मक प्रेमककथामा आधारित छ ।

फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

For More videos Log on to Mazzako TV