पल शाहलाई साढे २ वर्ष जेल र १० लाख क्षतिपूर्ति दिन आदेश
अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएको छ । आज यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश पनि जारी गरेको छ । जबर्जस्ती करणीको जाहेरी परेपछि पल शाह फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।
For More videos Log on to Mazzako TV