लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेला २०२२ को आयोजना गर्यो । मेला सोमबार काठमाण्डौं पुतली सडक स्थिति शंकरदेब कलेजसंगै रहेको कर्नरको केन्द्रीय कार्यालयमा भएको थियो । बिहान १० बजेदेखी साँझ ५ बजेसम्म आयोजना भएको मेला उच्चशिक्षा हांसिल गर्न बिदेश जान चाहने बिध्यार्थीहरूका लागि निकै फलदायी भएको थियो -‘ हामीले यो मेलामा बिदेशमा गएर उच्चशिक्षा हांसिल गर्न चाहिने ज्ञान र जानकारी लियौं ।

हामीलाई फाइदा नै भयो-‘ बिध्यार्थीहरूको भनाई थियो । मेलामा बिध्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । मेलामा सस्थाकी ब्राण्ड ऐम्बेष्डर अभिनेत्री उपासना सिंह ठकुरीले बिध्यार्थीहरूसंग भलाकुसारी गरेकी थिइन । मेलामा सहभागि हुन आएगा बिध्यार्थीहरूले मेलाबाट अष्ट्रेलिया, क्यानडा , अमेरिका र बेलायतमा गएर बिभिन्न बिषयमा अध्ययन गर्नका लागि चाहिने भरपूर ज्ञान र जानकारी पाएका कुरा संस्थाका प्रमुख सुनिल उप्रेतीले गराए ।

यसैगरी मेला आयोजना भएकै दिन उपस्थित भएर सहभागिता जनाउंने बिध्यार्थीहरूलाई सस्थाले आई एल एस र पिटीइ अध्यनका लागि पचास प्रतिशत छुट दिएको जानकारी संस्थाका नितेश उप्रेतीले दिए । शैक्षिक मेलामा बिभिन्न देशहरूमा रहेका कलेज तथा बिश्व बिध्यालयबाट बिधार्थीहरूले पाउंने छात्रबृतिका बारेमा पनि सस्थाले परामर्श दिएको थियो । मेलामा बिध्यार्थीहरूका लागि बिभिन्न आकर्षक उपहारको ब्यबस्था पनि गरिएको थियो ।

For More videos Log on to Mazzako TV