मुकुन्द भट्टको निर्देशनमा बन्ने भनिएको बिग बजेटको फिल्म ‘एक्स ९’ अब बन्ने पक्का भएको छ । फिल्ममा नायिकाको रुपमा निती शाह पनि भित्रिएकी छिन् । निर्माणपक्षले शुक्रबार नितीलाई नायिकाको रुपमा अनुबन्धित गरेको हो । फिल्मलाई लिएर निती उत्साहित रेहकी छिन् ।

फिल्ममा नायक अनमोल केसी, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहने छ । एक्सन जनरामा निर्माण हुने फिल्म यूरोप, क्यानडा, नेपालमा खिचिनेछ ।

बुझिए अनुसार, नितीले यो फिल्मका लागि २० लाख पारिश्रमिक लिएकी छिन् ।

For More videos Log on to Mazzako TV