सौगात मल्लको ‘घनचक्कर’ प्रदर्शनमा
आज शुक्रबारबाट सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसी अभिनित फिल्म ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । बिहिबारको प्रिमियर शोमा राम्रै प्रतिक्रिया पाएको छ ।पैसा कमाउने चक्करमा लागेका युवाको कथामा आधारित फिल्ममा हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।

कमेडी जनराको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।
सुसन प्रजापति छायांकन, अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्व निर्देशन छ । प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, र मित्र डि गुरुङको सम्पादन रहेको छ । फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।








