सलमान खानसँग को को नेपाली नायिकाले गर्नेछन् स्टेश सेयर ? (भिडियो)
आगामी जेठ १४ गते काठडमाण्डौंको दशरथ रंगशालामा हुन लागेको सलमान खान सहित उनको जम्बो टोलीको भब्य कन्सर्टमा नेपाली नायिकाले पनि डान्स गर्ने भएका छन् । सलमान खानको कन्सर्टमा नेपाली नायिकाहरु माला लिम्बु र मुना गौचनले डान्स प्रस्तुत गर्ने फाईनल भएको छ । अन्य नेपाली कलाकारहरुसँग पनि कुरा भईरहेको भनेर आयोजन ओडीसी इन्टरतेन्मेन्टले जानकारी गराएको छ ।

ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार माला र मुनाले स्टेजमा नृत्य प्रस्तुत गर्ने भएका हुन् । ‘उहाँहरुसँग मौखिक सहमति भएको छ,’ सिमान्तले जानकारी गराएका छन् । हुन त यसअघि पनि मालाले सलमानको सो कार्यक्रममा डान्स प्रस्तुत गर्ने तय भएको थियो तर त्यो बेला दुभाग्यबस कार्यक्रम नै स्थगित भएको थियो ।
यसपाली भने यो कार्यक्रम जसरी पनि सफल बनाउन अयोजक लागि परेको छ । नेपाल सरकाले पनि यो कार्यक्रमलाई भब्य बनाउन सहयोग गरेको छ ।

कोरोनाले थलिएको अर्थतन्त्रमा पर्यटन प्रवद्धनका लागि यो यि र यस्ता खाले कार्यक्रमहरुले ठुलो मदत गर्ने भएकाले गर्दा पनि यसपटक यो कार्यक्रमका लागि नेपाल सरकारको पनि ठुलो साथ र सहयोग छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले यो कार्यक्रम भब्य बनाउन आफै पनि लागि परेका छन् ।
सलमान खानसँग उनी आफै यो बिषयमा यसै साता भर्चुअल मिटिङ्ग पनि गरे । उनले सलमानलाई नेपालमा स्वागत छ भन्दै सगरमाथा फेदिमा ब्रेकफास्ट गर्नको लागि अनुरोध पनि गरेका छन् । सलमान खान पनि यो कार्यक्रमलाई लिएर निकै एक्साईटेड देखिएका छन् ।

सलमान आफैले नेपाली फ्यानहरुका लागि भिडियो सन्देश मार्फत नेपाल आउन लागेको जानकारी दिएका छन् । सलमानले भिडियोमा भनेका छन्–‘हेल्लो नेपाल, मे २८ मा दशरथ रंगशालमा आयोजना हुन लागेको दबाङ टूरका लागि म उत्साहित छु । सबै जना सुरक्षित रहनुहोला । हामी चाडै भेट्नेछौं ।’ भनेर उनले भिडियो सन्देशमा भनेका छन् ।
यता नेपाली नायिका माला लिम्बु पनि उक्त कार्यक्रममा डान्स प्रस्तुत गर्ने कुरालाई लिएर उत्साहित देखिएकी छिन् । मालाले सलमान खानको फिल्मको कुनै एक हिन्दी गीत सहित नेपाली सिनेमाको झँकास झापाली र काले दाई मध्ये एक गीतमा डान्स प्रस्तुत गर्नेछिन् ।
कुन गीतमा डान्स गर्ने भन्ने फाईनल हुन बाँकी रहेको भनेर मालाले बताएकी छिन् । त्यस्तै गरेर जालो चलचित्रबाट डेब्यु गरेकी, मुम्बईमा बसेर मोडलिङ्ग गर्दै आएकी मुना गौचनले पनि सलमान खानको कार्यक्रमा डान्स प्रस्तुत गर्ने बताईएको छ । सलमान खानको निकै महंगो टिकट राशी रहेको यो कार्यक्रम कस्तो होला, त्यो भने हेर्न बाँकी छ ।








