निर्देशक शाेभित बस्नेतकाे निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चलचित्रको छायांकन चैत्र अन्तिम साताबाट सुरु हुनेछ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने फिल्मका लागि अन्य कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ ।

कर्णाली प्रदेशबासीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएकाे छ । फिल्म कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ ।

एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानकाे संगीत, रामकृष्ण बुड्थापाकाे कथा र रामजी राउतकाे मुख्य सहायक निर्देशक रामजी राउत हुनेछ।

For More videos Log on to Mazzako TV