प्रदीपको ‘प्रकाश’ को फस्टलुक यस्तो, भदौ १० रिलिज
अभिनेता प्रदीप खड्काको आज जन्मदिन । जन्मदिनको अवसर पारेर उनि अभिनित फिल्म ‘प्रकाश’ को फस्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट सार्वजनिक गरिएको छ । फिल्म २०७९ सालको भदौ १० गतेदेखि प्रदर्शनमा आउने पोस्टरमा उल्लेख गरिएको छ ।
सार्वजनिक गरिएको पोस्टरमा प्रदीपलाई बिलकुलै भिन्न अवतारमा चित्रण गरिएको छ । पोस्टरमा दीया मास्केगाउँले महिलाको भूमिकामा प्रस्तुत छिन ।

दिनेश राउत निर्देशित फिल्ममा एक युवकले सरकारी शिक्षक बन्न गर्ने संघर्षको कथा समेटिएको छ । बिकास सुवेदीको लेखन रहेको फिल्ममा प्रदीप र दीयासँगै प्रकाश घिमिरे, राजन खतिवडा, अमजद परवेज, रेणु योगी, लोकेन्द्र लेखक, निरज पन्थी लगायतका कलाकारहरुको अभिनय छ ।
बिनिश इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा महेन्द्र अधिकारीको लगानी छ । ताराप्रकाश लिम्बु, एलिश कार्की, दीपक शर्मा, सुबास भुसालको संगीत, राजेश श्रेष्ठको छायांकन र जीवन थापाको सम्पादन छ ।
For More videos Log on to Mazzako TV







