ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । ०७९ को बैशाख २४ गते बिराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा प्रेसमिट गरि जानकारी दिइयो ।

मोफसलमा समेत नेपाली फिल्मको बिकास, बिस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए ।कोरियोग्राफरका रुपमा परिचीत साइमनले अवार्ड कार्यक्रम निकै भब्य हुने दावी गरे ।

कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले नेपाली फिल्मको बिकासमा यो अवार्डले टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । त्यस्तै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बिराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई निकै खुशी लागेको बताइन् । ‘पहिलो संस्करण नै बिराटनगरमा आयोजना हुन लागेको यो अवार्डले नेपाली चलचित्रको मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने छ भन्ने आशा मलाई छ ।’ उनले भनिन् ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरिय फिल्म निर्माणमा दवाव दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहीत गर्ने धारणा राखे ।

कार्यक्रममा संचारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी,कोरियोग्राफर कविराज गहतराज,नरेशवीर सिंह लगायतको उपस्थिति थियो ।
चलचित्र सम्बन्धी बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा,ब्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् । ०७६,०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरु सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनीक गरिने बताइएको छ ।

For More videos Log on to Mazzako TV