सारेगमप लिटल च्याम्प नेपालकाे पहिलाे उपाधि झापाकी कृपा पाैडेल जितेकी छन् । अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पाैडेलले उपाधीसंगै नगद १६ लाख जितेकी छन् । नेपालकाे सर्वाधिक चर्चीत गायन रियालिटी शाेकाे फस्ट रनरअप पनि झापाकी राेशा फुयाल, दाेस्राे रनरअपभारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् । पहिलाे र दाेस्राे रनरअपले क्रमश सिद्दार्थ वैकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गरेका छन् । नाेवर्डी प्राेडक्सनले भारतकाे जी ग्रुपसंग फ्रेन्चाइजी लिएर नेपाल भित्राएकाे रियालिटी साेकाे अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरे पनि उत्कृष्ट पुरस्कार जितेका छन् ।

कार्यक्रमकाे अन्तिम पाँच प्रतिस्पर्धीलाई ३/३ वटा गित रेकर्ड तथा म्युजिक भिडियाे, नेपालका साथै वर्ड टुर तथा कक्षा १२ सम्मकाे अध्ययनकाे व्यवस्था आयाेजकले मिलाउने छ। कार्यक्रमकाे डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजार भन्दा वढी प्रतिस्पर्धी सहभागी भएका थिए । सहभागी मध्यवाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५ जना र ग्राण्ड प्रिमियरमा १५ जना पुगेका थिए । कार्यक्रमकाे निर्णायकमा न्ह्यु बज्राचार्य, कालिप्रसाद बासकाेटा र इन्दिरा जाेशी रहेका थिए ।

त्यस्तै १५ जना चर्चित गायकहरु पनि ग्रान्ड जुरीका रुपमा भुमिकामा थिए । १६ बर्ष मुनीका बालबालिका मात्रै सहभागी हुन पाउने नेपालकै पहिलाे रियालिटी विभिन्न चरणमा १८ हप्ता चलेकाे थियाे । कार्यक्रममा नेपालका चर्चित व्यक्तित्वले प्रस्तुती मार्फत मनाेरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा काे बन्छ कराेडपति सिजन २ र ठेट लाेक दाेहाेरीकाे प्राेमाे सार्वजनिक भएकाे थियाे ।

For More videos Log on to Mazzako TV