किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्। कारण हो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ मा उनको दिएको प्रस्तुति। ब्लाइण्ड राउण्डमा चारै जना कोचलाइ आफु तिर घुमाउन सफल गजमेरले शुक्रवार ब्याटल राउण्डमामा समेत उत्कृस्ट प्रस्तुति दिदै नकआउट राउण्डमा प्रबेश गरेका छन।

‘द भ्वाइस अफ नेपाल’ मा सहभागी हुनु अगाडी समेत उनले केहि गीतहरु बजारमा ल्याइसकेका थिए। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गजमेर भन्छन ‘म जहा रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएन’।

रियालिटी शोमा सहभागी हुनैको लागि नेपाल आएका उनि नेपाली गीत संगीतमा केहि गर्ने चाहाना भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिंग गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन्। उनका ‘ठुली ठुली’ ,’छपक्कै’ ,’मै बनाउला माली’ ,समाउ हात मेरो लगायातका गीतहरु बजारमा आइसकेका छन्।

For More videos Log on to Mazzako TV