निशानले गरे बिहे
नेपाली फिल्मका सफल पाश्र्व गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । उनले धुलिखेल जिल्ला अदालतमा पुगेर बिहे गरेका हुन् । उनीहरुले बिहेका लागि केही दिनदेखि तयारी गरिरहेका थिए । उनले प्रेमिका ऋचा न्यौपानेसँग बिहे गरेका हुन् ।
ऋचा र निशान २ बर्षदेखि प्रेम सम्बन्धमा रहेको वुझिएको छ । ऋचाले निशानले स्वर दिएको लाउर जाने रेलमा पनि अभिनय गरेकी छिन् । निशान र ऋचाले बिहेको प्रमाणपत्र समेत लगेका छन् । ऋचा धुलिखेलकै भएकाले उनीहरुले धुलिखेल अदालतमा बिहे गरेका हुन् ।









