कृष्ण, बुद्ध, अस्मिता र समिक्षाको मैले बोलेको छैन’ (भिडियो)
लोकप्रिय संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा ‘मैले बोलेको छैन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक कृष्ण काफ्ले, बुद्ध लामा, गायिका अस्मिता अधिकारी र समिक्षा अधिकारीको स्वर रहेको छ । गीतको भिडियोमा कृष्ण, बुद्ध, अस्मिता, समिक्षासंगै बिषेश भुमिकामा किरण भुजेलले अभिनय गरेका छन् ।
गीतका एरेन्जर समेत संगीतकार अर्जुन पोखरेल नै हुन् । उत्सब दहालले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक विधान कार्की हुन् ।









