‘जाग लम्क चम्क’ गीतकार रत्नशमशेर थापाको निधन
वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।
उनको ८१ वर्षको उमेरमा निधन भएको हो । थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, जाग लम्क चम्क हे नौजवान हो, गोरेटो त्यो गाउँको, विछोडको पीडा नसकी खप्न, घुम्तीमा न आऊ है लगायतका थुप्रै गीत चर्चित छन् ।
For More videos Log on to Mazzako TV








