नायिका तथा मोडल रिस्ता बस्नेतले अभिनय गरेको हिन्दी गीतको म्युजिक भएको छ । सार्वजनिक भिडियोमा रिस्ताले भारतका चर्चित टिकटक स्टार तथा मोडल मञ्जुल कट्टरसंग रोमान्स गरेकी हुन् । उक्त गीतको भिडियो भारतको चर्चित युट्युब च्यानल जी म्युजिक मार्फत सार्वजनिक भएको छ ।

नेपालमा छायाँकन गरिएको म्युजिक भिडियोमा पोखरा र नेपालको हिमाली दृष्यहरु मज्जाले कैद गरिएको छ । ‘साथिया तेरे बिना’ बोलको गीतमा कार्तिक कुश र ज्योतिका तंग्रीको स्वर सुन्न सकिन्छ । शब्द संजिव पाण्डेले लेखेका हुन् ।

सम्राट शाक्यले निर्देशन गरेको म्युजिक भिडियोमा कमल राईले कोरियोग्राफी गरेका छन् । पुरुषोत्तम प्रधानले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् भने रंग संयोजन रेनेश फागुको छ ।हेर्नुस भिडियो :

For More videos Log on to Mazzako TV