कस्तो छ पोई पर्यो कालेको फस्टलुक ?
फिल्म पोई पर्यो काले कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको फस्टलुक रिलिज गरिएको हो । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा मुख्य ५ कलाकारलाई स्थान दिइएको छ ।

चलचित्रको फस्टलुकमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठलाई स्थान दिइएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी छ । अमलादेवी राई कार्यकारी निर्माता रहेको चलचित्रलाई कमेडी जनरामा तयार पारिएको छ ।
चलचित्रमा शिव ढकालको छायांकन, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन छ । तर, फस्टलुक हेर्दा फिल्मका क्यारेक्टरको मुड खुशी देखिएको छ । यसैले पनि फिल्मको फस्टलुकले नै अहिले कथा खोलेको भने छैन ।
For More videos Log on to Mazzako TV







