फिल्म ‘छ माया छपक्कै’को प्रदर्शन मिति तय भएको छैन । दशैंमा रिलिज हुने भनिएपनि फिल्मको टिमले अझै यसको प्रदर्शन मिति तय गरेको छैन । तर, वुझिएअनुसार यो फिल्म असोजको २४ गते रिलिज हुने तयारीमा छ ।

निर्माता दिपकराज गिरी र उनको टिमले यसपटक दशैंमा हुने फोहोरी खेललाई छाडेर नयाँ मिति तोक्ने तयारी गरेको हो । यो फिल्मको गीत शुक्रबार बिहान रिलिज हुँदैछ ।


फिल्म ‘छ माया छपक्कै’लाई दशैंमा नल्याउनुको कारण दिपकले नेपाली हलवाला र वितरकले खेल्ने खेललाई मानेका छन् । असोज १७ गते नेपाली फिल्म ‘वार’ रिलिज हुँदैछ । यो मितिमा आउँदा हलले निकै नै कम शो दिने कुरा दिपकले वुझेका छन् ।

यसैले उनले आफू हिन्दी फिल्मसँग जुध्न सक्ने तर नेपाली वितरक र हलवालासँग जुध्न नसक्ने बताएका छन् । फिल्मलाई दशैंको टिकापछि रिलिज गर्ने तयारी थालिएको हो । यो फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV