एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘भैरे’ युटुब ट्रेन्डिङ्गको पहिलो स्थान मा आएको छ । अनिनेता दयाहाङ राई, बुद्धी तामाङ, बर्षा सिवाकोटी तथा सुरक्षा पन्त को मुख्य भुमिका रहेको फिल्म रिलिज भएको दोस्रो दिनमै ट्रेन्डिङ्गको शिर्ष स्थानमा आएको हो ।

अहिले सम्ममा १० लाख ४० हजार भन्दा पटक हेरिएको छ । ‘भैरे’ मा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह–निर्मातामा छन् ।
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । सूर्य थोक्करको द्वन्द्व रहेको छ ।

For More videos Log on to Mazzako TV