परामितालाई किन आयो क्वीन बन्ने सोच?
परामिता राज्यलक्ष्मी शाहलाई एउटा उपमाले सम्बोधन गर्न नमिल्ला। उनी भर्साटाईल छिन्। परामितालाई कहिले मोडलिङ गरेको देखिन्छ, कहिले चलचित्रमा अभिनय त कहिले के। उनी गीत पनि गाउछिन भन्ने कुरा प्रायलाई थाहा छ। उनले भर्खरै आफ्नो डेब्यु सिङल एल्बम ल्याउदै गायकिमा पनि फर्मल डेब्यु गर्दैछिन अझ क्वीन बनेर।

परामिताको प्रोफेसनल जीवनको बारेमा जसरी सबैलाई थाहा छ त्यसरी नै उनको ब्यक्तिगत जीवनका बारे पनि सबै जानकार नै छन्। उनी केही बर्ष अगाडि नायक आयुश्मान देशराज श्रेष्ठ जोशी सँग रिलेसनमा थिइन। तर त्यो सम्बन्ध धेरै लामो जान सकेन। त्यस्पछी फेरी उनी हिस्सी लामा सँग प्रेममा थिइन। उनको देखिएको दुइटै प्रेम लामो टिक्न सकेन।
आफ्नो पर्सनल फीलिङ्स पनि खुलेर नै सोसिअल मिडियामा एक्स्प्रेस गर्ने परामिता अब आफु कसैले भड्काएर नभड्किने र आफ्नो ब्यक्तिगत जीवन इन्डिपेन्डेन्ट तरिकाले जिउने बताउछिन्। राजा बिना पनि रानी सम्भब हुन्छ र रानीले एक्लै पनि शासन र राज गर्न सक्ने बताउदै उनी आफु लगायत सबै नारी क्वीन हो भन्छिन।
परामितालाई आफु लगायत सबै नारी क्विन हो भन्ने सोच कसरी आयो? उनको जीवनले सिकाएको पाठ यस्तै छ कि या उनी काल्पनिक दुनियाँमा भएनी रानी बन्न चाहन्छिन? त्यो उनकै कुरा हो र उनैलाई थाहा होला।








