भिमफेदी गाइजको बबाल (भिडियो)
भिमफेदी गाइज को आकर्षक निर्त्य रहेको म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक भएको छ । उक्त डान्स क्रु सँग अलिसा राई र सपना पान्डे लाई फिचर्ड गरिएको छ । अर्जुन प्रसाद पौडेल र गायिका मिना निरौलाको स्वर रहेको गीतमा जानु कम्बंग लिम्बु को शब्द र मिन बिष्टको संगीत रहेको छ । गीतलाई एरेन्ज भने कुमार थापाले गरेका हुन् ।

सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंहको मेकअप,कमल प्रसाईको ड्रोन ,सुशील न्यौपानेको सम्पादन तथा भीएफएक्स देखिन सकिन्छ । गीतलाई गायक पौडेलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।








