‘दासढुंगा च्याप्टर २’ घोषणा
नेपाली चलचित्र ‘दासढुंगा’को दोस्रो भाग निर्माण गरिने भएको छ । ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुंगा’सन् २०१० मा रिलिज भएको थियो । पहिलो भागको चलचित्रमा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक, डा, केपी भण्डारीलगायतको अभिनय थियो ।

अबको भागमा दासढुंगा काण्ड पछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई चलचित्रले उठाउने बताइएको छ । चलचित्र को थिम पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रले ‘दासढुंगा’ हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नको चिरफार गर्ने निर्माता अपिल विष्टले बताए । कुमार भट्टराईको लेखन र निर्देशनमा बन्ने चलचित्रको कलाकार केहि पुरानै हुनेछन् भने, केहि नयाँको इन्ट्री हुने बुझिएको छ ।









